बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

शाहरुख मिडियाबाट टाढा

शाहरुख मिडियाबाट टाढा

मेगा खबर संवाददाता

२२, कार्तिक २०७८
  • 1.9K
    SHARES

  • शाहरुख मिडियाबाट टाढा

     छोरा जेल परेपछि शाहरुख मिडियाबाट यति टाढा छन् कि उनी हराएजस्तै भएको छ ।

    उनी मिडियाको अगाडि आउन नै खोजिरहेका छैनन् । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन आन लागुपदार्थ प्रकरणमा जेल परे । आइबार नोभेम्बर ७ का दिन शाहरुख खानको टीम मुम्बईको कलिना एयरपोर्टमा देखिए ।

    स्रोतका अनुसार शाहरुख खान दिल्लीमा एउटा मिटिङ सकेर प्राइभेट जेटमार्फत मुम्बई फर्किएका थिए । उनी यसबीचमा क्यामेराबाट लुकेर गए । कलीना एयरपोर्टको एउटा भिडियोमा शाहरुखको टीम देखिएका छन् । भिडियोमा २ जनाको छाताको ओझेल पारेर शाहरुख कारमा बसेर गइरहेका छन् । शाहरुख खान कसैले उनको तस्बिर खिचोस् भन्ने चाहाँदैनन् । 

    उनले आफ्नो सेक्युरिटी गार्डलाई छाता ल्याउन लगाए । उनी छातामा छेकिएर गाडीमा गएको भिडियोमा देखिन्छ ।  उनीसँग अरु को–को थिए भन्ने पत्ता नलागेको भारतीय सञ्चार माध्यमले जनाए ।

    मिडिया रिपोर्टका अनुसार शाहरुख खानलाई अन्तरवार्ताका लागि विदेशी मिडियाहरुले सम्पर्क गरेका थिए । सबै शाहरुख खानका छोराको बारेमा जान्न चाहान्थे । शाहरुख खानले सबैलाई कुराकानी गर्न अस्वीकार गरिदिए । 

    सोमवार, कार्तिक २२ २०७८०९:२९:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार