काठमाण्डाै - पाकिस्तान आईसीसी टी-२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।
स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १ सय १७ रन मात्र जोड्न सक्यो । स्कटल्यान्डका लागि रिची वेरिङ्टनले सर्वाधिक ५४ रन जोडे । जर्ज मुन्शेले १७, माइकल लिस्कले १४, कप्तान काइल कोट्जरले ९ रन जोडे ।
पाकिस्तानका शदाव खानले दुई तथा हसन अलि, हरिस राउफ र शाहिन शाह अफ्रिदीले एकएक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर आजम तथा शोएब मलिकको अर्धशतकीय पारीको सहयोगमा १ सय ८९ रन जोडे ।
बाबर आजमले सर्वाधिक ६६ रन बनाए भने मलिकले ५४ रनको योगदान गरे । यस्तै, मोहम्मद हाफिजले ३१ र मोहम्मद रिजवानले १५ रन जोडे । स्कटल्यान्डका क्रिस ग्रेभ्सले दुई तथा हम्जा ताहिर र सफ्यान सरिफले एकएक विकेट लिए ।
अब पाकिस्तानले फाइनल प्रवेशका लागि आउँदो बिहीवार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।