बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इङ्गल्याण्ड र अस्ट्रेलिया टी–ट्वेन्टी विश्वकपको सेमिफाइनलमा

इङ्गल्याण्ड र अस्ट्रेलिया टी–ट्वेन्टी विश्वकपको सेमिफाइनलमा

मेगा खबर संवाददाता

२१, कार्तिक २०७८
  • 1.7K
    SHARES

  • इङ्गल्याण्ड र अस्ट्रेलिया टी–ट्वेन्टी विश्वकपको सेमिफाइनलमा

    काठमाडौँ । इङ्गल्याण्ड र अस्ट्रेलिया युनाइटेड अरब इमिरेट्समा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेका छन् । समूह १ को समूह विजेता र उपविजेता बन्दै इङ्गल्याण्ड र अस्ट्रेलिया विश्वकपको सेमिफाइनल पुग्न सफल भएका हुन् ।

    विश्वकपको सुपर १२ अन्तर्गत शनिबार भएका आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर पनि इङ्गल्याण्ड सेमिफाइनलमा पुग्न सफल भएको हो । इङ्गल्याण्डलाई १० रनले हराएको दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरिएको छ।

    समूह १ मा इङ्गल्याण्डले पाँच खेलबाट आठ अंक जोडेर शीर्ष स्थानमा रहँदै विश्वकपको सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो । अस्ट्रेलियासँग समान अंक रहेर पनि नेट रनरेटमा पछि पर्दा दक्षिण अफ्रिका सेमिफाइनल पुग्न सकेन । अस्ट्रेलिया दक्षिण अफ्रिकालाई पछि पार्दैै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । शनिबार नै भएको अर्को खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई हराएको थियो ।

    प्रतियोगितामा यसअघि नै समूह १ बाट पाकिस्तान सेमिफाइनल पुगिसकेको छ। यससँगै सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लागेको छ।
    समूह २ बाट एक टोलीको टुंगो लाग्न बाँकी छ। समूह २ को सुपर १२ का अन्तिम तीनमध्ये आज दुई खेल हुँदैछ। आज भारत र नामिबिया तथा न्युजिल्याण्ड र अफगानिस्तानबीच खेल हुँदैछ। यी खेलबाटै समूह २ बाट सेमिफाइनल पुग्ने अन्तिम टीमको टुंगो लाग्ने छ।

    अफगानिस्तानलाई हराए न्युजिल्याण्डले सेमिफाइनलको यात्रा तय गर्नेछ। अफगानिस्तानले न्युजिल्याण्डलाई हराएमा दुवै टोली प्रतियोगिताबाट बाहिरने सम्भावना बढ्नेछ। यो स्थितिमा भारतले आफ्नो अन्तिम खेलमा नामिबियालाई फराकिलो अन्तरले हराएमात्रै सेमिफाइनलको यात्रा गर्न पाउने छ।

    पाकिस्तान समूहको शीर्ष स्थानमा रहँदा न्युजिल्याण्ड चार खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ। भारत र अफगानिस्तानको समान चारचार अंकसहित तेस्रो र चौथो स्थानमा छन्। विश्वकपको सेमिफाइनल नोभेम्बर १० र ११ मा हुनेछ। फाइनल खेल नोभेम्बर १४ मा हुने तय छ।

    आइतवार, कार्तिक २१ २०७८०९:५२:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार