बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

युरोपा लिग :इन्टर र युनाइटेड सेमीफाइनमा, लेवरकुसन र कोपनहेगन बाहिरिए

युरोपा लिग :इन्टर र युनाइटेड सेमीफाइनमा, लेवरकुसन र कोपनहेगन बाहिरिए

मेगा खबर संवाददाता

२७, श्रावण २०७७
  • 2.1K
    SHARES

  • युरोपा लिग :इन्टर र युनाइटेड सेमीफाइनमा, लेवरकुसन र कोपनहेगन बाहिरिए

    काठमाडौं- इटालियन क्लब इन्टर मिलान र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    सोमबार राति सम्पन्न दुई खेलबाट इन्टर मिलान लेवरकुसनलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने म्यानचेस्टर युनाइटेडले कोपनहेगनलाई १–० गोलले पराजित हुँदै अन्तिम ४ मा स्थान बनाएको हो ।

    हारसँगै जर्मन क्लब लेवरकुसन र डेनिस क्लब कोपनहेगन प्रतियोगिताबाट बाहिरिएका छन्। जर्मनको न्युट्रल भेन्यू स्प्रिट एरिना रंगशालामा सम्पन्न खेलमा इन्टरको जितका लागि निकोलो ब्यारेला र रोमेलु लुकाकूले १÷१ गोल गरे। इता लेवरकुसनका केइ हेवत्र्जले २४ औं मिनेटमा सान्त्वना गोल फर्काए।

    खेलको १५ औं मिनेटमा गोल गर्दै ब्यारेलाले इन्टरका लागि सुरुवाती अग्रता बनाएका थिए। त्यस्तै, २१ औं मिनेटमा गोल गर्दै लुकाकूले अग्रतालाई दोब्बर बनाए। तर, त्यसलगत्तै लेवरकुसनका हेवत्र्जले गोल गरेपछि पहिलो हाफको नतिजा २–१ गोल अन्तरको रह्यो।

    दोस्रो हाफमा दुवै तर्फबाट थप गोल हुन नसकेपछि इन्टर युरोपा लिगको सेमीफाइनलमा प्रवेश गरेको हो। अब इन्टरले अगस्त १८ ९मंगलबार० सख्तर डोनेटेस्क र बसेलको विजेतासँग खेल्नेछ।

    जर्मनीको रेहिन इनर्जी रंगशलामा भएको अर्को खेलमा युनाइटेडको जितका लागि ब्रुनो फर्नान्डेसले निर्णायक गोल गरे। निर्धारित समयसम्म पनि गोलरहित बराबरी भएपछि खेल आधा घण्टाल लम्ब्याइएको थियो।

    ९५ औं मिनेटमा पाएको पेनाल्टीको सदुपायोग गर्दै फर्नान्डेसले गोल गरेपछि युनाइटेडले सेमीफाइनल प्रवेशको अवसर पाएको हो। अब युनाइटेडले अर्को सोमबार डुसेलडोर्फमा हुने सेमीफाइनल खेलमा वुल्भ्स र सेभियाको विजेतासँग खेल्नेछ।

     

    मंगलवार, श्रावण २७ २०७७०८:२६:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार