इंग्ल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरे ।
श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्ड यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम समेत बनेको छ । चार खेल खेलको इंग्ल्याण्ड एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो । खेलमा इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रनमा समेटियो । श्रीलंकाका वाविन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए ।
इंग्ल्याण्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले २२ विकेट लिए । त्यस्तै लियाम लिभिङस्टोन र क्रिस वोक्सले ११ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।
श्रीलंकाका वाविन्दु हसरंगाले ३ तथा दुश्मन्था चामिराले १ विकेट लिए । समूह एकमा शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले ४ खेलमा ८ अंक जोडेको छ । चौथो स्थानमा रहेको श्रीलंकाको ४ खेलमा २ अंक छ ।
इंग्ल्याण्डका जोस बट्लरले अविजित १ सय १ रनको शतकीय पारी खेले । बट्लर अहिले चलिरहेको विश्वकपमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।