इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम विजयी भएको छ ।
गएराति भएको खेलमा वेस्ट ह्यामले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । खेलको सातौँ मिनेटमा बेन जोनसनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए। ३४ औँ मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै एस्टनलाई १–१ गोलको बराबरीमा ल्याए ।
३८ औँ मिनेटमा डिक्लन राइसले गोल गर्दै वेस्ट ह्यामलाई २–१ को अग्रता दिलाए । खेलको ५० मिनेटमा इज्री कोन्साले रातो कार्ड पाएपछि एस्टन १० खेलाडीमा समेटियो ।
खेलको ८० औँ मिनेटमा पाब्लो फोर्नल्सले गोल गर्दै वेस्ट ह्यामको अग्रता ३–१ को बनाए । त्यसपछि खेलको ८४ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई ४–१ को जित दिलाए ।
जितसँगै वेस्ट ह्याम लिगको चौथो स्थानमा उक्लिएको छ । वेस्ट ह्यामले १० खेलमा २० अङ्क जोडेको छ । गएराति नै भएको खेलमा लिड्स युनाइटेड विजयी भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।