काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै ।
दिउँसो पौने ४ बजे बङ्ग्लादेश र वेष्ट एण्डिज खेल्ने छन् भने बेलुका पौने ८ बजे पाकिस्तान र अफगानिस्तान खेल्ने छन् ।
बङ्गलादेश र वेष्ट एण्डिज आज पहिलो जितको खोजीमा हुनेछन् । दुई खेल खेलेका दुवैले दुवैमा यसअघि हार बेहोरेका छन् ।
समूह २ को शीर्ष स्थानमा रहेको पाकिस्तान आज लगातार तेस्रो जितको खोजी हुनेछ । यसअघि खेलेका दुवै खेलमा पाकिस्तानले जित निकालेको थियो । अफगानिस्तान भने आज दोस्रो जितको खोजीमा छन् ।
एक खेल जितेको अफगानिस्तान २ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।