बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विश्वकप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीको कोरोना परीक्षण

विश्वकप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीको कोरोना परीक्षण

मेगा खबर संवाददाता

२६, श्रावण २०७७
  • 2.0K
    SHARES

  • विश्वकप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीको कोरोना परीक्षण

    फिफा विश्वकप छनोट र एशियन कप छनोटका लागि बन्द प्रशिक्षणमा डाकिएका राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाकोे कोरोना परीक्षण गरिएको छ । लगनखेलस्थित पाटन अस्पतालमा आज पहिलो चरणमा ११ खेलाडीसहित एक प्रशिक्षक, एक फिजियो र एन्फा होस्टलका १२ कर्मचारीसहित २५ जनाको कोरोना परीक्षण गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

    कोरोना परीक्षण गर्ने खेलाडीमा विशाल राई, रन्जीत धिमाल, मिक्चेन तामाङ, रवि पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोप्ताङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटी रहेका छन् ।

    त्यसैगरी फिजियोमा आविष्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको पनि परीक्षण गरिएको छ । बाँकी खेलाडी र अफसियलको कोरोना परीक्षण भने भोलि गर्ने एन्फाले जनाएको छ । भोलि हुने खेलाडीमा विक्रम लामा, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुनिल वल, रोहित चन्द, अभिषेक रिजाल, किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ, सरोज दाहाल, अनन्त तामाङ र अजित भण्डारी छन् ।

    त्यसैगरी तेज तामाङ, अमित तामाङ, एरिक बिष्ट, अन्जन बिष्ट, आशिष लामा, विकास खवास, नवयुग श्रेष्ठ, सुमन अर्याल, शेशेहाङ आङ्दम्वे, जर्ज प्रिन्स कार्की र भरत खवासको कोरोना परीक्षण भोलि हुने एन्फाले जनाएको छ ।

    विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ गतेबाट शुरु गर्ने तयारी गरेको छ । फिफा विश्वकप २०२२ छनोटअन्तर्गत नेपालले तीन होम खेल खेल्दैछ । दशरथ रङ्गशालामा हुने तीन खेल असोज र कात्तिकमा आयोजना हुनेछ ।

    समूह ‘बी’मा रहेको नेपालले पाँच खेलबाट तीन अङ्क जोडेको छ । चाइनिज ताइपेईलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया छ ।

    सोमवार, श्रावण २६ २०७७०३:०८:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार