काठमाडौं।– इण्डियन प्रिमियर लिग (आईपीएल) को मुख्य प्रायोजक बन्नका लागि भारतीय कम्पनी पनि दौडमा छ । केही दिनअघि मात्र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले चिनियाँ मोबाइल कम्पनी भिभोसँग आफ्नो सम्झौता रद्द गरेको थियो ।
त्यसपछि अन्य कम्पनीसहित योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जली पनि आईपीएलको मुख्य प्रायोजक बन्ने होडमा सामेल भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार कम्पनीले यो कुराको पुष्टि गरेको हो ।
पतञ्जलीका प्रवक्ता एसके तिजारावालाले यस वर्षको आईपीएलको मुख्य प्रायोजक बन्नेबारेमा विचार गरिरहेको बताएका छन् । ‘हामी पतञ्जली ब्राण्डलाई विश्व मञ्चसम्म पुर्याउन चाहन्छौँ, यसको लागि यो मञ्च सबैभन्दा प्रभावकारी हुन्छ’, उनले भने ।
साथै उनले बीसीसीआईलाई एक प्रस्ताव पठाउने तयारी भइरहेको बताए ।
बजारका जानकारहरुका अनुसार एक चिनियाँ कम्पनीको विकल्पको रुपमा एक राष्ट्रिय ब्राण्डको रुपमा पतञ्जलीको दाबी निकै बलियो रहेको छ । साथै उनीहरु पतञ्जलीमा बहुराष्ट्रिय ब्राण्डको रुपमा दोस्रो ब्राण्डको प्रतिस्पर्धा क्षमताको कमी भएको बताउँछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।