खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा बेलुका पौने ५ बजे हुनेछ ।
२३ वर्ष मुनिको एएफसी एसियन कप छनोटमा नेपालले आज इरानसँग खेल्दैछ । नेपाल आज सुखद सुरुवात गर्ने दाउमा छ । बलियो टिम इरानलाई हराउन त्यति सजिलो भने छैन । नेपालले २३ वर्ष मुनिको एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो ।
नेपालले यसअघि सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यतिबेला नेपाल ५–० ले अन्तरले पराजित भएको थियो । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् ।
उनले विपक्षी टोली बलियो भए पनि आफूहरुले जितका लागि सक्दो प्रयास गर्ने बताएका छन् । छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा इरानसँगै आयोजक ताजिकिस्तान र लेबनान छन् ।
नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग आउँदो बिहीवार खेल्ने छ भने आइतवार लेबनानसँग खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कप खेल्नेछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।