बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पीएसजीको कम्ब्याकमा मेस्सीको २ गोल

पीएसजीको कम्ब्याकमा मेस्सीको २ गोल

मेगा खबर संवाददाता

३, कार्तिक २०७८
  • 1.3K
    SHARES

  • पीएसजीको कम्ब्याकमा मेस्सीको २ गोल

    लियोनेल मेस्सीले दुई गोल गर्दा पेरिस सेन्ट जर्मेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै च्याम्पियन्स लिगमा आरबी लेइपजीगलाई ३–२ गोलअन्तरले पराजित गरेको छ ।

    खेलमा किलियान एम्बाप्पेले खेलको शुरुवातमा नै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा आन्द्रे सिल्भाले लेइपजीगका लागि खेल बराबरी गरे । दोस्रो हाफको ५७ औँ मिनेटमा नोर्डीले मुकिलेले गोल गर्दै लेइपजीगलाई अग्रता दिलाए । 

    ६७ औँ मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई खेलमा फर्काए भने ७४ औँ मिनेटमा पेनाल्टीमा पनेका गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । पीएसजीका लागि च्याम्पियन्स लिगमा घरेलु मैदानमा खेलिएका सुरुवाती दुई खेलमा गोल गर्ने नेयमार, एलेक्स र जर्ज विहपछि चौथो खेलाडी हुन् ।

    खेलको इन्जुरी समयमा पीएजसीले अर्को पेनाल्टी पायो । ह्याट्रिकको नजिक रहेका मेस्सीको साटो यसपटक एम्बाप्पे पेनाल्टी हान्न गए । उनी गोल गर्नबाट चुके । पीएसजीका लागि उनले पछिल्ला ११ पेनाल्टीबाट गोल गरेका थिए ।

    पीएसजी आए यता मेस्सीले तीन गोल च्याम्पियन्स लिगमा नै गरेका छन् । ३४ वर्षीय खेलाडीको प्रतियोगितामा १ सय २३ औँ गोल थियो । उनले गोल गरेका लेइपजीग ३७ औँ टोली थियो । जीतसँगै समूह ए मा फ्रेन्च टोली म्यान्चेस्टर सिटीलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ ।

     

    बुधवार, कार्तिक ३ २०७८०८:४६:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार