चौबिस घण्टामा १ हजार ४३ जनामा गरिएको नमूना परिक्षणमा १४५ जनामा संक्रमण देखिएको हो ।
संक्रमित मध्ये ७० महिला ७५ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
कास्की ८८,बागलुङ १३, स्याङ्जा २४, म्याग्दी ३,पर्वत ५,गोरखा २ तनहुँ ७ र नवलपरासी पूर्वमा ३ जनामा संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८६ हजार ७३९ पुगेको छ ।
कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका –१० का ४४ बर्षिय कोरोना संक्रमित पुरुष,पोखरा–२७ की ५० बर्षिय महिला, पोखरा–११ का ७२ बर्षिय पुरुष, पोखरा– ६ का ६३ बर्षिय पुरुष र पोखरा–१२ का ३३ बर्षिय पुरुष रहेका छन् । मृतक सवै कास्की जिल्ला अन्तरगत पोखरा महानगर क्षेत्रका हुन् ।
सवैको पोखरास्थित विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ ।
प्रदेशमा पछिल्लो चौबिस घण्टामा ४८५ जना संक्रमणमुक्त भएका छन् । गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ८८५ पुगेको छ ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ४६६ पुगेको निर्देशनालयले जानकारी दिए
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।