साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको नेपाली टाेलीलाई पर्वतको कुश्मा नगरपालिकाले दुई लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ ।
मेयर रामचन्द्र जोशीले गएकाे शनिवार भारतसँग प्रतिस्पर्धा गरेको नेपाली फुटबल टाेलीलाई पुरस्कार स्वरूप दुई लाख रुपैयाँ दिने घोषणा गरे ।
‘नेपाली फुटबलको क्षेत्रमा इतिहास रच्दै राम्रो खेल प्रदर्शनसहित भारतसँगको खेलमा उपविजेता बन्न सफल नेपाली खेलाडीको उच्च सम्मान गर्दै नगरपालिकाको तर्फबाट दुई लाख रुपैयाँ पुरस्कारको घोषणा गर्दछु ।
खेलाडीको सम्मान गर्न सकेमात्रै नेपाली खेलकुद क्षेत्र विकास हुने भएकोले आफूले त्याे रकम पुरस्कार स्वरूप दिने घोषणा गरेको जोशीले बताउनुभयो ।
सीमित स्रोत–साधनका बाबजुद नेपाली खेलाडीले देखाएको यो सफलता नेपालजस्तो देशका लागि ऐतिहासिक भएको उहाँले बताउनुभयो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।