बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दसैँमा लागेका यस्ता छन् फिल्म

दसैँमा लागेका यस्ता छन् फिल्म

मेगा खबर संवाददाता

२६, आश्विन २०७८
  • 1.5K
    SHARES

  • दसैँमा लागेका यस्ता छन् फिल्म

    दसैँको अवसर पारेर सोमबार र मंगलबार गरेर दुई नयाँ फिल्म ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ रिलिजमा आएसँगै दर्शकलाई उक्त अवसर मिलको हो । 

    ‘‘धन्दागिरी’ 
    ‘धन्दागिरी’ पनि देशभरबाट प्रदर्शनमा आएको हो । समाजमा घटेको वास्तविक घटना बिषयबस्तु बनाइएको बताइएको फिल्म थाइल्याण्ड,मलेसिया, सिंगापुर र नेपालका विभिन्न स्थानमा छायांकन भएको छ ।

    सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशिल पोखरेल, सुवास गजुरेल लगायतको अभिनय रहेको फिल्ममास्व । बिएस राणा र दीपक क्षेत्रीको पनि अभिनय देख्न सकिन्छ ।  कार्यकारी निर्माता कुमारप्रसाद ओझा रहेको फिल्ममा नरेन्द्र भट्टराईको कथा, पटकथा र निर्देशन रहेको छ । आरआर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको ‘बारुली बारुली’ बोलको आइटम गीत चर्चामा छ ।

    डाँडाको वरपीपल’
    शोभित बस्नेतको निर्देशन रहेको ‘डाँडाको वरपीपल’ बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नवराज गिरीले बनाएका हुन् । गोपालकाजी कायस्थको बितरण रहेको देशभरका ५६ पर्दामा लागेको छ ।

    सोमबार साँझ एक कार्यक्रमबीच प्रिमिएर समेत गरिएको फिल्ममा भुवन केसी, शिव श्रेष्ठ,गौरी मल्ल,सलोन बस्नेत,रुबिना थापा,अस्मिता जुरेली, हिउँवाला गौतम,उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ,प्रभात पल,अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको अभिनय छ ।

    फिल्ममा रामकाजी घिमिरेको लेखन,सुशान्त प्रजापतिको छायांकन,रोशन श्रेष्ठको द्वन्द्व,रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन रहेको फिलम ओटीटी प्लेटफर्ममा तिहारमा रिलिज हुने बताए ।

     

    मंगलवार, आश्विन २६ २०७८०१:३४:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार