बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गण्डकी प्रदेशमा मन्त्री विश्वकर्माले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्री विश्वकर्माले लिए शपथ

मेगा खबर संवाददाता

२५, आश्विन २०७८
  • 2.3K
    SHARES

  • गण्डकी प्रदेशमा  मन्त्री विश्वकर्माले लिए शपथ

    गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    आज साँझ उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाडौँ गएर प्रधानमन्त्री देउवासङ मन्त्री बनाउन सहमति लिएपछि आज बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका थिए । 

    काँग्रेसमा व्यक्तिवादी गुटका कारण दलित र पुरानो नेतालाई पाखा लगाएको भन्दै मुख्यमन्त्री पोखरेलको तीव्र आलोचना भएको थियो । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा ११ मन्त्री रहेका थिए । विश्वकर्माको नियुक्तिसँगै १२ जना मन्त्री भएका छन् ।

    विश्वकर्मालाई  विना विभागीय मन्त्री नियुक्त गरिएको छ । साउन ८ गते मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिममा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए ।

    प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा रहेका कारण त्यसैलाई आधार मानेका १२ जना मन्त्री बनाइएको हो । पृथ्वी सुब्बा गुरुङले ७ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

    सोमवार, आश्विन २५ २०७८०८:२०:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार