चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाहको विषयमा ट्रोल तथा नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै विवाहको जानकारी दिएका हुन् । उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । गजुरेलले ४ वर्ष अगाडि मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए ।
जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनु जरुरी थियो । यी दुबै अवस्थामा साथ दिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो ।
बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो’ उनले अगाडि थपेका छन् ‘बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।
आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी भन्दै मनोजले सुरु गरेको स्टाटसमा आफूहरुलाई विवाहको निर्णयमा पुग्न आफ्नो बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्दत गरेको उल्लेख गरे
गजुरेलले विवाहको विषयमा विभिन्न नकारात्मक समाचारसमेत नबनाउन मिडियामा अनुरोध गरेका छन् । उनले अगाडि भनेका छन् ‘सम्पूर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ– कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला ।
मञ्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीका लागि परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।