काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले हराउँदै दिल्ली प्ले अफमा पुगेको हो । सारजाहमा क्रिकेट मैदानमा मुम्बईले दिएको १३० रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ३३ रन जोड्दा क्विन्टन डी ककले १९ रन बनाए । त्यस्तै हार्दिक पान्डयले १७ को योगदान गरे । बलिङतर्फ दिल्लीका आभेस खान र अक्षर पटेलले ३/३ विकेट लिए ।
जितसँगै दिल्लीले १२ खेलमा १८ अङ्क जोडेको छ । दिल्ली प्लेअफमा पुगेको छ । पराजित मुम्बईले भने प्लेअफमा आफ्नो सम्भावनालाई केही कमजोर बनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।