बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ईपीएल क्रिकेटमा विराटनगरलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

ईपीएल क्रिकेटमा विराटनगरलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

मेगा खबर संवाददाता

१६, आश्विन २०७८
  • 1.2K
    SHARES

  • ईपीएल क्रिकेटमा विराटनगरलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

     एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई सात विकेटले हरायो ।

    त्रिवी क्रिकेट मैदानमा विराटनगरले दिएको एक सय ७३ रनको लक्ष्य पोखराले १४ बल अघि मात्रै तीन विकेट गुमाएर भेटाएको छ । पोखराको जीतमा विदेशी खेलाडी असेला गुणारत्नेले नटआउट ५० रन बनाएका छन् ।

    विराटनगरका प्रतिस जिसी, सिकन्दर राजा र हरि चौहानले विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले आरिफ शेखको ४४ रनको मद्दतमा पाँच विकेट गुमाएर एक सय ७२ रन बनाएका थिए ।

    जीतसँगै पोखरा पाँच अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । विराटनगर भने चार खेलमा कुनै पनि अंक बटुल्न नसकी पुछारमा छ ।  

    शनिवार, आश्विन १६ २०७८०६:०८:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार