बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिगको : नेपोली र चेल्सी बाहिरिए

बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिगको : नेपोली र चेल्सी बाहिरिए

मेगा खबर संवाददाता

२५, श्रावण २०७७
  • 1.7K
    SHARES

  • बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिगको  : नेपोली र चेल्सी बाहिरिए
      युरोपियन च्याम्पियन्स लिगको राउण्ड अफ १६ अन्तर्गतको गएराती भएको दोस्रो लेग पश्चात् स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख क्वार्टरफाईनलमा प्रवेश गरेका छन ।
     
    घरेलु मैदान क्याम्प नोउमा भएको दोस्रो लेगमा ३-१ को जित निकाल्दै बार्सिलोना इटालियन क्लब नेपोली बिरुद्ध कुल ४-२ ले बिजयी बन्यो भने जर्मन क्लब बायर्न म्युनिखले आफ्नो घरेलु मैदानमा चेल्सीसँग ४-१ को नतिजा निकाल्दै कुल ७-१ को फराकिलो अन्तरले जित निकाल्यो । बार्सिलोनाका लागि पहिलो गोल इभान रकटिचको पासमा लङ्गलेटले खेलको १०औं मिनेटमा गरे । २४औं मिनेटमा कप्तान लियोनल मेस्सीले शानदार गोल गरे र पहिलो हाफको अन्तिममा लुइस सुआरेजले पेनाल्टीमा गोल गरे ।
     
    उता नेपोलीबाट पहिलो हाफको एडिसनल टाईमको ५औं मिनेटमा नेपोलीका लोरेञ्जो इन्साईनले पेनाल्टी मार्फत गोल गरेका थिए । पहिलो हाफको ३३औं मिनेटमा लियोनल मेस्सीले बार्साका लागि अर्को उत्कृष्ट गोल गरेका थिए तर भिडियो असिस्टेन्ट रेफ्रीद्वारा उक्त गोल हुनुभन्दा अगाडि हेण्ड भएको भनी रद्द गरियो । यस खेलको अगिल्लो लेगमा १-१ बराबरी को नतिजा रहेको थियो ।
     
    उता बायर्न म्युनिख अघिल्लो लेगमै ३-० ले अगाडी थियो । बायर्नका लागि दोस्रो लेगको १०औं र ८३औं मिनेटमा रोबर्ट लेवण्डोस्कीले गोल गरेका थिए भने लेवण्डोस्कीकै पासमा २४औं मिनेटमा इभान पेरिसिकले र ७६औं मिनेटमा कोरिन्टिन टोलिसोले गोल गरे । चेल्सीका तर्फबाट ४४औं मिनेटमा टमी अब्राहमले गोल गरेका थिए ।
     
    च्याम्पिन्स लिगमा लेवण्डोस्कीको यो सिजन उत्कृष्ट प्रदर्शन रहँदै गोल संख्या पनि १३ पुगिसकेको छ । बार्सा र बायर्नसँगै क्वार्टरफाईनल प्रबेश गरेका टीमहरुमा एटलान्टा, पेरिस सेन्ट जर्मन, लेपजिज र एट्लेटिको मड्रीड, म्यान्चेस्टर सिटी, लायोन रहेका छन । अन्तिम आठमा अबको भिडन्त बार्सिलोना र बायर्न, एटलान्टा र पी.एस.जी., लेपजिज र एटलेटिको मड्रीड अनि म्यानचेस्टर सिटी र लायोनबिच हुने छ । क्वार्टरफाईनलको खेलहरु यही अगस्टको १३ देखि १६ तारिक सम्म हुनेछन ।

    आइतवार, श्रावण २५ २०७७०७:४८:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार