बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ईपीएल क्रिकेटमा काठमाण्डौले पायो १ सय ५८ रनको लक्ष्य

ईपीएल क्रिकेटमा काठमाण्डौले पायो १ सय ५८ रनको लक्ष्य

मेगा खबर संवाददाता

९, आश्विन २०७८
  • 1.2K
    SHARES

  • ईपीएल क्रिकेटमा काठमाण्डौले पायो १ सय ५८ रनको लक्ष्य

    काठमाण्डाै, एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उद्घाटन खेलमा काठमाण्डौले १ सय ५८ रनको लक्ष्य लिएको छ ।

    साविक विजेता ललितपुर प्याट्रियट्सले काठमाण्डौ किङ्स इलाभेनलाई जितका लागि १ सय ५८ रनको लक्ष्य पाएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको छ ।

    सन्दीप लामिछाने कप्तान रहेको काठमाण्डौमा पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी, जिम्बावेका रायन बर्ल, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज लगायतका खेलाडी छन् ।

    unn.prixa.net

    योगेन्द्र सिंह कार्कीले ३३ रन जोडे । काठमाण्डौका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन बर्ल र गुलशन झाले २२ विकेट लिए । ललितपुरमा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, इंग्ल्यान्डका एलेक्स ब्लाके लगायत खेलाडी रहेका छन् ।

    ६ टिमले खेल्ने प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख पाउनेछन् । पाकिस्तानी चर्चित क्रिकेटर सहिद अफ्रिदीले काठमाडौंको प्रतिनिधित्व गरिरहेका छन् ।

    unn.prixa.net

    शनिवार, आश्विन ९ २०७८०३:२८:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार