बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आईपीएल इन्डियन प्रिमियर लिग क्रिकेटमा बेङ्ग्लाेरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

आईपीएल इन्डियन प्रिमियर लिग क्रिकेटमा बेङ्ग्लाेरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

मेगा खबर संवाददाता

९, आश्विन २०७८
  • 1.6K
    SHARES

  • आईपीएल इन्डियन प्रिमियर लिग क्रिकेटमा बेङ्ग्लाेरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

    इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ६ विकेटले हराएका छन् ।

    यूएईको शारजाहमा बेङ्ग्लोरले दिएको एक सय ५७ रनको लक्ष्य चेन्नईले ११ बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । चेन्नईको जितमा रुतुराज गाइक्वाडले सर्वाधिक ३८ रन बनाएको छ ।

    पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले देवदत्त पाडिकलको ७३ र विराट कोहलीको ५३ रन मद्दतमा एक सय ५६ रन बनाएको थियो । जितसँगै चेन्नई १४ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । 

    शनिवार, आश्विन ९ २०७८११:३८:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार