बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

हेलिकोप्टरबाट ओर्लिएपछि गायिका इन्दिरा जोशीलाई प्रेमीले विवाहको प्रस्ताव

हेलिकोप्टरबाट ओर्लिएपछि गायिका इन्दिरा जोशीलाई प्रेमीले विवाहको प्रस्ताव

मेगा खबर संवाददाता

८, आश्विन २०७८
  • 1.6K
    SHARES

  • हेलिकोप्टरबाट ओर्लिएपछि गायिका इन्दिरा जोशीलाई प्रेमीले विवाहको प्रस्ताव

    गायिका इन्दिरा जोशीलाई उनका प्रेमीले विवाहको प्रस्ताव राखेका छन् ।

    प्रेमी शरद केडियाले हेलिकोप्टरमा खुम्बु पुगेर उनलाई फिल्मी शैलीमा औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन् । इन्दिराले विवाहको प्रस्ताव स्वीकार गरेको बताएकी छिन् ।

    इन्दिराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रेमीसँगको आफ्ना तीनवटा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएकी छिन् । फोटोको क्याप्सनमा उनले लेखेकी छिन्,उनले सोधे,मसँग विवाह गर्छौ? र मैले हुन्छ’ भनिदिएँ । यी दुईको भिडियो टिकटकमा निकै चर्चित समेत भइरहेको छ ।

    इन्दिराका प्रेमी शरद केडिया फेसन डिजाइनर हुन् । उनको डिजाइनमा नेपाली सेलिब्रिटीसमेत सजिने गरेका छन् । नायिका स्वस्तिमा खड्का, ऋचा शर्मा, मिस नेपाल श्रृङ्खला खतिवडा, कार्यक्रम प्रस्तोता सहाना बज्राचार्य, रिमा विश्वकर्मा लगायतले शरदको डिजाइन पेश गर्ने गरेका छन् ।  

    शुक्रवार, आश्विन ८ २०७८११:०६:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार