इटालियन सिरी 'ए' फुटबलमा नापोलीले लगातार पाँचौं जित भएको छ ।
राति भएको खेलमा साम्पडोरियालाई ४–० गोल अन्तरले पराजित गर्दै नापोलीले जितको यात्रा कायम राखेको हो । नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरेको छ ।
फाबियन र पिओटर जिलिनिस्कीले एकएक गोल गरे । खेलको दशौँ मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
जितसँगै नापोलीले ५ खेलमा १५ अङ्क जोडेको छ । साम्पडोरिया ५ अङ्क जोडेर १३ औं स्थानमा रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।