बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई  ७ विकेटले हराए

आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई  ७ विकेटले हराए

मेगा खबर संवाददाता

८, आश्विन २०७८
  • 1.4K
    SHARES

  • आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई  ७ विकेटले हराए

    इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई  ७ विकेटले हराएको छ ।

    आबुधाबीमा राति भएको खेलमा मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य काेलकाताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । काेलकाताको जितमा राहुल त्रिपाठीले अविजित रहँदै ७४ रनको अर्धशतकीय इनिङ्ग्स खेलेको छ ।

    मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले ५५ रनको अर्धशतकीय इनिङ्ग्स खेले । कप्तान रोहित शर्माले ३३ रन जोड्दा केइरन पोलार्डले २१ रन जोडेको छ ।

    जितसँगै काेलकाताले ९ खेलमा ८ अङ्क जोडेको छ । काेलकाता चौथो स्थानमा उक्लिएको छ । छैटौँ स्थानको मुम्बईले पनि ९ खेलमा ८ अङ्क जोडेको छ ।

    शुक्रवार, आश्विन ८ २०७८०६:५५:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार