बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हरायो

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हरायो

मेगा खबर संवाददाता

७, आश्विन २०७८
  • 1.1K
    SHARES

  • आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हरायो

    इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ ।

    दुबईमा भएको खेलमा हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोडेको छ ।

    ऋषभ पन्तले अविजित ३५ रन बनाए । शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए । हैदराबादका खलिल अहमेद र राशिद खानले ११ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो ।

    हैदराबादका अब्दुल समादले २८ रन जोड्दा राशिद खानले २२ रन बनाए । रिद्धिमान साह र केन विलियम्सनले १८१८ रन जोडे । मनिस पाण्डेले १७ रन जोड्दा जासन होल्डरले १० रन बनाए । दिल्लीका कागिसो राबडाले ३ विकेट लिएको छ ।

    सो जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ९ खेलमा १४ अङ्क जोडेको छ । हैदराबादले ८ खेलमा २ अङ्क जोडेको छ ।

    बिहिवार, आश्विन ७ २०७८०९:५९:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार