बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रियल मड्रीड र युभेन्टस च्याम्पियन्स लिगको राउण्ड अफ १६ बाट आउट : बाँकी २ खेलहरु आज हुने

रियल मड्रीड र युभेन्टस च्याम्पियन्स लिगको राउण्ड अफ १६ बाट आउट : बाँकी २ खेलहरु आज हुने

मेगा खबर संवाददाता

२४, श्रावण २०७७
  • 2.4K
    SHARES

  • रियल मड्रीड र युभेन्टस च्याम्पियन्स लिगको राउण्ड अफ १६ बाट आउट : बाँकी २ खेलहरु आज हुने

    कोभिड - १९ को विश्वव्यापी असरसँगै रोकिएको जारी २०१९-२० सिजनको युएफा च्याम्पियन्स लिगको खेलहरु गएराती बाट सुचारु भएसँगै राउण्ड अफ १६ को गएराती भएको दोस्रो लेग पश्चात् स्पेनिस क्लब रियल मड्रीड र इटालियन क्लब युभेन्टस प्रतियोगिताबाट बाहिरिएका छन ।

    रियल मड्रीडलाई हराउँदै इङ्ग्लिश क्लब म्यानचेष्टर सिटी दुई लेगमा कुल ४-२ ले बिजयी भयो र युभेन्टससँग दुई लेगमा कुल २-२ को नतिजा निकाल्दै फ्रेन्च क्लब लायोनले अवे गोलको नियमका आधारमा क्वार्टरफाईनलको यात्रा तय गरेको हो ।

    सिटीको घरेलु मैदानमा खेलको ९औं मिनेटमा ग्यारिबल जिससको पासमा रहीम स्टर्लिङले गोल गरे भने दोस्रो गोल जिसस आफैलें ६८औं मिनेटमा गरे । दुबै पटकमा मड्रीड डिफेण्डर राफेल वरानको कमजोरीको फाईदा उठाउँदै सिटीले गोल गर्‍यो । मड्रीडका लागि करीम बेन्जमाले २८औं मिनेटमा उत्कृष्ट हेडर गोल गरेता पनि जीतको लागि काफी हुन सकेन र समग्रमा पहिलो लेगको २(१ अनि दोस्रो लेगको २-१ को नतिजासँगै जम्मा ४-१ ले सिटी बिजयी भयो ।

    यता युभेन्टसले आफ्नो घरेलु मैदानमा २(१ को नतिजा निकाले पनि अघिल्लो लेगमा १-० ले पराजित भएको हुनाले दुबै टीमको कुल २-२ गोल भएको अवश्थामा अवे गोलको नियम अनुसार लायोन अगाडि बढेको छ । युभेन्टसका लागि दोस्रो लेगको दुबै गोल कृष्टियानो रोनाल्डोले गरेता पनि जितको लागि पर्पाप्त भएन । खेलको १२औं मिनेटमा लायोनका मेम्फिस डिपेले पाएको पेनाल्टीको सदुपयोग गर्दै लायोनलाई अग्रता दिलाए । रोनाल्डोले ४३औं मिनेटमा पेनाल्टीबाट र ६० औं मिनेटमा फेडरिको बर्नार्डेस्कीको पासमा आउटसाईड बक्सबाटै उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए ।

    त्यस्तै आजको खेलमा इटालियन क्लब नेपोलीले बार्सिलोनाको सामना गर्नेछ भने चेल्सीले जर्मन क्लब बायर्न म्युनिखसँग संघर्ष गर्नेछ । यी खेलको अघिल्लो लेगमा बायर्न म्युनिख ३(० ले अगाडि रहेको छ भने बार्सिलोना र नेपोलीको १-१ गोल बराबरी छ । अन्तिम नतिजा भने दोस्रो लेगको समाप्तिसँगै हुनेछ ।

    अगाडि नै दोस्रो लेग सकिएर क्वार्टरफाईनल प्रबेश गरिसकेका टीमहरुमा एटलान्टा, पेरिस सेन्ट जर्मन, लेपजिज र एट्लेटिको मड्रीड गरि चारवटा रहेका छन । सिटी र लायोन गएरातीबाट अगाडि बढेसँगै वाँकी दुई टीमहरु आजको खेलबाट निर्धारण हुनेछन ।

    राउण्ड अफ १६ अन्तर्गतका बाँकी खेलहरु आजबाट सकिनेछन भने अगष्ट १३ तारिकबाट क्वार्टरफाईनलका खेलहरु हुनेछन । त्यसपछी सेमीफाईनल हुँदै अगष्ट २४ तारिकमा फाईनल हुनेछ ।

    शनिवार, श्रावण २४ २०७७०९:२४:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार