प्रियंका कार्कीले छोरी आयाङ्कालाई जन्म दिएकी छिन् । उनले आज आफ्नो सामाजिक सञ्जालमा यसबारेमा जानकारी दिएकी छिन् ।
यस्तो संवेदनशील समयमा छोरा आयुष्मान देशराज श्रेष्ठ जोशीले जसरी स्थिति सम्हाले र प्रियंकाको हेरविचार गरे त्यसमा आफूलाई गर्व लागेको बताइन् । उनले दुबैलाई उपहारका लागि पनि धन्यवाद पनि दिएकी छिन् । उनले आफ्नी नातिनी आयाङ्कालाई सबैभन्दा उत्कृष्ट बच्चा बताएकी छिन् ।
प्रियंकाको इन्स्टाग्राम अकाउन्टमा राखेको पोस्टमा प्रियंककी सासू तथा बैंकर रबिना देशराज श्रेष्ठले कमेन्ट गरेकी छिन् ।यसका साथै, उनले प्रियंकाको पनि तारिफ गरेकी छिन् ।
उनले लेखेकी छिन्,स्विटहार्ट, तिमी प्रत्येक कुरामा निपुण छौ । जसरी तिमीले उसलाई यो संसारमा ल्यायौं र जसरी तिमीले यतिबेला हरेक महिलाभित्र हुने शक्तिको प्रदर्शन गर्यौ त्यो प्रशंसनीय छ ।
रबिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा नातिनीसँगको फोटो पोस्ट गर्दै जीवनको यो चरणलाई बयान गर्न कुनै शब्द नभएको बताएकी छिन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।