बलिउड अभिनेत्री आलिया भट्ट सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।
हालै सोसल मिडियामा सार्वजनिक गरेको एउटा तस्बिर अहिले चर्चामा छ । उनले साथीहरुसँग छुट्टी मनाउन जाँदाको फोटो शेयर गरेकी छन् । विशेषगरी आफ्ना मिल्ने साथीहरुको उनी सामाजिक सञ्जालमार्फत प्रशंसा गर्ने गर्छिन् ।
आलिया र उनका साथीहरू यो फोटोमा अत्यन्तै हट देखिन्छन् । आलियाले तस्बिरमा गुलाबी रंगको बिकिनी र सेतो पारदर्शी शर्ट लगाएको देखिन्छ । उनकी साथी आकांक्षा बैजनी रंगको बिकिनीमा देखिन्छन् । फ्यानहरूले आलिया र यी नायिकाका साथीहरुको तस्बिरलाई निकै मन पराएका छन् ।
आलियाकी सबैभन्दा मिल्ने साथी उनीहरु बाल्यकालदेखिकै साथीहरू हुन् । पार्टी वा अन्य समारोहमा पनि आकांक्षा प्रायः आलियासँगै देखिन्छिन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।