बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विभिन्न २० स्कुलबाट ‘मिस लिटिल नेवाः’ मा २५ किशोरी भिड्ने

विभिन्न २० स्कुलबाट ‘मिस लिटिल नेवाः’ मा २५ किशोरी भिड्ने

मेगा खबर संवाददाता

३१, भाद्र २०७८
  • 1.6K
    SHARES

  • विभिन्न २० स्कुलबाट ‘मिस लिटिल नेवाः’ मा २५ किशोरी भिड्ने

    ‘मिस लिटिल नेवाः’मा २५ किशोरी भिड्ने भएका छन् ।

    काठमाडौं र भक्तपुरका विभिन्न २० स्कुलबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका छन् । नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारेमा ज्ञान दिने उद्देश्यले नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको छ ।

    यसै महामारीका कारण विगत दुई वर्षदेखि हुन नसकेको प्रतियोगिताको १३औं संस्करण आगामी कात्तिक ६ गते आयोजना हुन लागेको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताएकि छिन् ।

    नेवारी कला, संस्कृति, धर्म र संस्कारबारे जानकारी दिने उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो । प्रतियोगितामा ‘लिटिल मिस नेवाः’ की ‘फस्ट रनरअप’ प्रियंका तण्डुकार, ‘बेस्ट पर्सनालिटी’ पल्पसा श्रेष्ठ र ‘चार्मिङ पर्सनालिटी’ प्रजिता श्रेष्ठको कोरियोग्राफी हुनेछ । 

    बिहिवार, भाद्र ३१ २०७८१२:३८:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार