काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको चारवटै समिति बैठकले निर्विरोध रुपमा सभापति निर्वाचित गरेको हो । दिगो विकास तथा सुशासन समितिमा माननीय तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा माननीय परशु राम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा माननीय राम नारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा माननीय दिल कुमारी रावल थापा ९पार्वती० सभापतिमा निर्वाचित भएका हुन् ।
यसअघि बिहीबार भएको उम्मेद्वारी दर्तामा चारवटै समितिमा एकल उम्मेद्वारी परेपछि समितिले उनीहरुलाई निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित भएपनि समिति सभापतिहरुले बिगतको अनुभव र अनुभूतिलाई समेटेर समितिलाई प्रभावकारी रुपमा अघि बढाउने बताएका छन् । निर्वाचित हुने चार जना सभापतिमध्ये दुई जना नेकपाका, एक जना सरकारबाट मनोनित र एक जना नेपाली कांग्रेसका सांसद हुन् । राष्ट्रिय सभाका विषयगत समितिका सभापति र समिति सदस्यको कार्यकाल दुई वर्ष रहने व्यवस्था छ । हरेक २ वर्षमा एक तिहाइ राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिने र ती ठाउँमा निर्वाचन हुने भएकाले नयाँ सांसद आएसँगै समिति पुनर्गठन हुने व्यवस्था छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।