बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :
अस्पताल र रेडक्रसको लापरबाही

रेडक्रस र अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु, शव आइसीयूमै !

रेडक्रस र अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु, शव आइसीयूमै !

मेगा खबर संवाददाता

२३, श्रावण २०७७
  • 2.8K
    SHARES

  • रेडक्रस र अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु, शव आइसीयूमै !

    जनकपुरधाम । महोत्तरी गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको जनकपुरधास्थित रामजानकी हस्पिटलमा मृत्यु भयो । उनको अस्पताल रको लापरबाहीबाट मृत्यु भएको हो ।

    पहिलो सन्तान पाउने खुसीमा रहेका राजकिशोर यादव (श्रीमान) ले छोरी त पाए तर श्रीमति गुमाए । अस्पताल र रेडक्रसले ब्लड ग्रुप चिन्न सक्दा उनलाई मृत्यु वरण गर्नु परेको हो । 

    ‘ओ’ पोजेटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजेटिभ ब्लड चढाउँदा रिएक्सन भएपछि शुक्रबार बिहान साढे ९ बजे गंगादेवीको मृत्यु भएको हो ।

    अस्पताल र रेडक्रसको लापरवाहीले सुत्केरी महिलाको मृत्यु भएपछि परिवारजनले शव उठाउन मानेका छैनन् । मृतकको शव भने अहिले पनि रामजानकी हस्पिटलको आइसीयूमा राखिएको छ । 

    अस्पताल वा रेडक्रसको लापरवाही
    महोत्तरीको बर्दिवास्थित स्वस्तिक अस्पतालमा चेकजाँच गराएर अल्ट्रासाउण्ड गराउँदा चिकित्सकहरुले बच्चाको तौल साढे ३ किलो रहेको र आमा कमजोर रहेकोले शल्यक्रिया नै गर्नपर्ने भएपछि जनकपुर लगेका थिए ।

    गाइनोकलोजिष्ट चिकित्सक शैलेन्द्र साहको सल्लाह अनुसार उनले अपरेशनको प्रकृया अगाडी बढाए ।

    शल्यकृयापछि गंगादेवीले छोरी जन्माएकी थिइन् । 

    यसअघि नै गंगादेवीलाई रगतको खाँचो पर्ने भन्दै १ पिन्ट रगतको व्यवस्था गर्न भनेका थिए । रगतको व्यवस्था गर्न श्रीमान राजकिशोर र देवर रामहरि लागि सकेका थिए । चिकित्सकहरुले गंगादेवीको रगगतको सैम्पल सहित रगत ल्याउन भनेका थिए । रेडक्रसले गंगगादेवीको ब्लड ग्रुप बी पोजिटिभ रहेको र श्रीमान राजकिशोरको पनि ब्लड ग्रुप सोही रहेकोले उनले श्रीमतीका लागि एक पोका रगत दिए । 

    रेडक्रसले दिएको रगतको पोका चिकित्सकहरुले चढाउँदा सुत्केरी झनै सिकिस्त हन थालेपछि तत्काल रगत चढाउन आफूहरुले बन्द गरेको अस्पतालको प्रशासन शाखाका प्रमुख विकासचन्द्र गुप्ताले बताए । पछि अस्पतालकै लैबमा रगतको जाँच हुँदा ओ पोजेटिभि ठहरिएको थियो ।

    यस विषयमा रामजानकी डाइग्नोष्टिक सेन्टरका मुकेश सिंहले भने केही जवाफ दिन सकेनन् बरु रेडक्रसले नै गल्ती गरेको हुन सक्ने बताए । 

    शुक्रवार, श्रावण २३ २०७७०२:३२:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार