आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालकाे पुरुष क्रिकेट टोलीले ओमानलाई १ सय ९७ रनकाे लक्ष्य दिइएकाे छ ।
अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४७ ओभर ४ बलमा १ सय ९६ रन बनाउँदै अलआउट भएको छ । नेपालका लागि आसिफ शेखले ९० रन बनाए । एक सय १२ बल खेलेका आसिफले सात चाैका र एक छक्काकाे मद्दतमा ९० रन बनाएको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनकाे याे पहिलाे अर्धशतक हाे । ज्ञानेन्द्र मल्ल र करण केसीले २१, राेहित पाैडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए । बलिङतर्फ ओमानका बिलाल खानले चार विकेट लिए । त्यस्तै नेस्ताेर धाम्बाले दुई विकेट लिएको छ । छैटौँ स्थानमा छ ।
ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । प्रतियाेगिता अन्तर्गत नेपालले तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।