बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गाडीमा छुटेका सुनका गहना यात्रुलाई बुझाइयो

गाडीमा छुटेका सुनका गहना यात्रुलाई बुझाइयो

मेगा खबर संवाददाता

२८, भाद्र २०७८
  • 2.1K
    SHARES

  • गाडीमा छुटेका सुनका गहना यात्रुलाई बुझाइयो

    धनगढीदेखि महेन्द्रनगर आउने क्रममा से १ ज ८६३ नम्बरको यात्रुबाहक गाडीमा छुटेका सुनका गहना आज यात्रुलाई बुझाइएको छ ।  भीमदत्त नगरपालिका– १८ बागफाँटा बस्ने वर्ष २३ का तारा विकले गाडीमा यात्रा गर्ने क्रममा सुनका गहना छुटाउनुभएको थियो । छुटेका गहना गाडी चालकले फेला पारी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।

    प्रहरी कार्यालयमा बुझाएका गहना गाडी चालक दानबहादुर ऐरमार्फत विकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

    बुझाइएका सुनका गहनामा छडके तिलहरी एक थान, सुनका बाला दुई थान,चन्द्रमा एक थान र औँठी दुई थान रहेका छन् । गहनासँगै रहेको नगद रकम रु एक हजार समेत विकलाई बुझाइएको छ ।

    सोमवार, भाद्र २८ २०७८०४:२१:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार