अक्टुबर महिनामा हुने टी २० विश्वकपका लागि १५ सदस्यीय भारतीय टिमको घोषणा भएको छ ।
अफ स्पिनर रविचन्द्रन अश्विन चार वर्षपछि टी २० इन्टरनेशनलमा फर्कने भएका छ । यस टोलीमा शिखर धवन, कुलदीप यादव र युजवेन्द्र चहललाई पनि ठाउँ मिलेको छ ।
टोलमिा समावेश यी हुन् खेलाडी
ब्याट्सम्यान ः विराट कोहली, रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव
विकेटकिपर ः ऋषभ पन्त, ईशान किशन
स्पिनर ः राहुल चाहर, आर अश्विन, वरुण चक्रवर्ती, अक्षर पटेल
पेसर ः जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी ।
अलराउन्डर ः रविन्द्र जडेजा, हार्दिक पान्ड्या ।
वैकल्पिकः श्रेयस अय्यर, शार्दूल ठाकुर, दीपक चाहर
कहिले कोसँग प्रतिस्पर्धा?
प्रारम्भिक चरणमा भारतले २४ अक्टुबरमा पाकिस्तान, ३१ अक्टुबरमा न्युजिल्यान्ड, ३ नोभेम्बरमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।