बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विश्वकपको छनोट खेलमा इंग्ल्याण्डले आफ्नो शत प्रतिशत नतिजा कायम राख्यो

विश्वकपको छनोट खेलमा इंग्ल्याण्डले आफ्नो शत प्रतिशत नतिजा कायम राख्यो

मेगा खबर संवाददाता

१८, भाद्र २०७८
  • 1.5K
    SHARES

  • विश्वकपको छनोट खेलमा इंग्ल्याण्डले आफ्नो शत प्रतिशत नतिजा कायम राख्यो

    विश्वकपको छनोट खेलमा अर्को वर्ष आयोजना हुने इंग्ल्याण्डले आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ ।

    हिजो बिहीबार इंग्ल्याण्डले हंगेरीमाथि ४–० को शानदार जीत हासिल गर्न सफल भएको हो । समूह आईमा रहेको इंग्ल्याण्डले हालसम्म खेलिएका ४ मध्ये ४ वटामै जीत हासिल गरेको छ । योसँगै समूहको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाउन सफल भएको छ । 

    खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा इंग्ल्याण्डले गोलको वर्षा गर्‍यो । राहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी मग्वायर र डेक्लन राइसले गोल गर्दै इंग्ल्याण्डलाई सहज जीत दिलाए । उता, समूको दोस्रो स्थानमा रहेको पोल्याण्डले पनि अल्बानियालाई ४–१ गोलले हरायो ।

    बिहीबार नै भएको अन्य खेलमा स्पेन स्वीडेनसँग २–१ ले स्तब्ध बनेको छ । विश्वकप छनोटमा स्पेन सन् १९९३ यता पहिलोपटक पराजित बनेको हो । कार्लोस सोलेरले लुइस एनरिकेको टोलीलाई खेलको सुरुवातमा नै अग्रता दिलाएका थिए । तर, १२ सेकेन्डपछि नै अलेक्सान्डर इसाकले बराबरी गोल फर्काएका छन् । 

    दोस्रो हाफमा भिक्टर क्लाएसनले डेजान कुलुस्भेस्कीको पासमा १२ यार्ड टाढाबाट गोल गर्दै स्वीडेनलाई जीत दिलाए । ​स्पेनपछिल्लो पटक विश्वकप छनोटमा डेनमार्कसँग सन् १९९३ को मार्चमा पराजित भएको थियो । त्यसयता स्पेनले विश्वकप छनोटका ५२ खेलमा जीत र १४ मा बराबरी गरेको थियो । 

     

    शुक्रवार, भाद्र १८ २०७८०८:०८:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार