काठमाडाै, जिल्ला प्रशासन कार्यलय काठमाडौंले बिहिबारदेखि काठमाडाै उपत्यकाको हल खोल्न दिने निर्णय बुधबार गर्एको छ ।
करिब ४ महिनादेखि बन्द रहेको हल आज बिहीबारबाटै आफुहरुले खोल्ने चलचित्र संघका महासचिव अशोक शर्माले बताएका थिए । प्रशासनको निर्णयले फिल्म क्षेत्रमा उत्साह थपिएको थियो ।
आज बिहीबार भने उपत्यकामा कुनै पनि हल खुलेका छैनन् । प्रशासनले अनुमति भएपनि बिहीबार आफुहरु हल खोल्न असमर्थ रहेको चलचित्र संघका महासचिव अशोक शर्माले बताए । लामो समयदेखि बन्द रहेको हलको सफाई, प्राविधिक चेकजाँच लगायतको टेक्निकल समस्याले आज फिल्म रिलिज हुन सकेन’शर्माले भनेका छन् । त्यसपछि हल मात्रै खुल्छन् ।
सबै प्राविधिक व्यवस्था मिलाएर एक साताभित्र सबै हल खुल्ने उनले अनुमान लगाए । हल खुलेपनि सुरुमा नयाँ फिल्म लाग्दैन शर्माले भने,पुरानो फिल्म रिलिजबाट दशै सम्ममा नयाँ फिल्म रिलिज गर्ने माहोल बनाउँछौ । शर्मा पुरानो फिल्म रिलिजका लागि भने समस्या नरहेको खुलाए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।