काठमाडौं उपत्यकामा बिहीबारदेखि फिल्म हल खोल्न दिने जिल्ला प्रशासन कार्यालयको निर्णयले फिल्म क्षेत्रमा उत्साह थपेको छ ।
४ महिनायता बन्द रहेका हलहरु खुल्ने निर्णयसँगै भोलिबाटै हल खोल्ने तयारीमा चलचित्र संघ रहेको छ । तत्काल नयाँ फिल्म भने लाग्ने छैनन् । चलचित्र संघका महासचिव अशोक शर्माले उपत्यकामा भोलिबाटै चलचित्र हल खोल्ने बताए । उपत्यकामा हल खोल्ने निर्णयले हामी उत्साहित भएका छौँ ।
हामी भोलिबाटै हल खोल्न तयारीमा छौँ’ शर्माले भने,सबै हल नखुले पनि केही खुल्नेछन् । सुरक्षा मापदण्ड अपनाएर हल खोल्न दिने प्रशासनको निर्णय पुर्ण पालन गर्ने बताएका शर्माले केही भने मर्मतमा रहेकोले समय लाग्ने सुनाएका छन् ।
अहिले खुल्यो भने दशैँसम्ममा नयाँ फिल्म रिलिजको माहोल बन्छ । त्यसैमा हामी खुसी छौँ । उपत्यकामा मात्र होइन बिस्तारै देशभरका हल समेत खुलाउनु पर्ने शर्माले माग राखेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।