बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बागमती प्रदेशका मन्त्रीले दिए राजीनामा, एमाले छाडेर माधव नेपाललाई साथ

बागमती प्रदेशका मन्त्रीले दिए राजीनामा, एमाले छाडेर माधव नेपाललाई साथ

मेगा खबर संवाददाता

१६, भाद्र २०७८
  • 1.7K
    SHARES

  • बागमती प्रदेशका मन्त्रीले दिए राजीनामा, एमाले छाडेर माधव नेपाललाई साथ

    बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । ।

    नेकपा (एमाले) का तर्फबाट मन्त्री बन्नुभएका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ ।  उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहेका छन् ।

    प्रदेशसभाका १२ सदस्यले मंगलबार  निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका थिए ।

    बुधवार, भाद्र १६ २०७८११:०३:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार