बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

केनको २ गोलमा स्पर्स विजयी

केनको २ गोलमा स्पर्स विजयी

मेगा खबर संवाददाता

११, भाद्र २०७८
  • 2.1K
    SHARES

  • केनको २ गोलमा स्पर्स विजयी

    ह्यारी केनको दुई गोलको मद्दतले पाकोस डे फेरेरालाई हराउँदै टोटनहम हटस्पर्स युरोपा कन्फरेन्स लिगको समूह चरणमा छनोट भएको छ ।

    पहिलो लेगमा ब्यहोरेको १–० को हार उल्टाउँदै दोस्रो लेगमा स्पर्सले ३–० को जीत हासिल गर्यो । समग्रमा ३–१ ले विजयी बन्दै स्पर्सले प्रतियोगितामा स्थान बनाउन सफल भएको छ ।

    गत मे २३ पछि पहिलोपटक स्पर्सका लागि खेलको शुरुवात गरिरहेका केनले खेलको नवौँ मिनेटमा नै टोलीलाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफमा पाकोस डे फेरेराले आत्मघाती गोल गरेपछि स्पर्सको जीत सुनिश्चित बनेको थियो ।

    सिजनको शुरुवातमा केन क्लब छाडेर जाने चर्चा चलेपनि अब उनी स्पर्समा रहने भएका छन् । स्पर्सका म्यानेजर नुनो एस्पीरितो सान्तोले केन क्लबप्रति प्रतिबद्ध रहेको र अब सबैले पुरानो कुरालाई बिर्सेर अघि बढ्नुपर्ने बताएका छन् ।  

    शुक्रवार, भाद्र ११ २०७८०८:१९:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार