राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी सार्वजनिक भएको छ ।
क्रिकेट टाेलीकाे नयाँ जर्सीको डिजाइन खुला आवेदनबाट माग गरिएको थियो । डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनाेट गरिएको र त्यही डिजाइनको जर्सी आज सार्वजनिक भएको छ ।
काठमाण्डौमा सोमवार नेपाल क्रिकेट सङ्घ र जर्सीको प्रायोजक माई सेकेन्ड टिचर्सले संयुक्त रूपमा राष्ट्रिय क्रिकेट टाेलीकाे नयाँ जर्सी सार्वजनिक गरेका छन् । नयाँ जर्सीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष र माई सेकेन्ड टिचर्सका सहप्रमुख सुलभ बुढाथोकीले सार्वजनिक गरेका छन् ।
जर्सीको डिजाइनबापत डिजाइनर आदर्श पोखरेलले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । आज सार्वजनिक भएको जर्सीमा नेपाली संस्कृति झल्किने गरेर डिजाइन गरिएको बताइएको छ ।
नेपालको राष्ट्रिय झण्डाको रङ्गमा जर्सीको डिजाइन गरिएको छ । भारतीय टिमको जर्सी बनाउने कम्पनीले यो जर्सीलाई बनाएको बताइएको छ । कार्यक्रममा नेपाली राष्ट्रिय टाेलीका कप्तान ज्ञानेन्द्र मल्लको भने उपस्थिति रहेको थिएन ।
काठमाण्डाैमा भएको सिरिज अघि नयाँ प्रायोजक सहितको जर्सी सार्वजनिक हुँदा धेरैले त्यसमा असन्तुुष्टि जनाएपछि क्यानले जर्सीको प्रायोजक खोज्ने जिम्मा लिएको एडप्याडले समर्थकहरूबाट खुला प्रतिस्पर्धा गराइ नयाँ जर्सीको डिजाइन मागिएको थियो । सार्वजनिक भएको जर्सी (भोलि) ओमान जाने नेपाली टाेलीले लगाउने छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।