बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लुम्बिनी प्रदेशको एमाले भन्छ– मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे जानकारी केहि छैन

लुम्बिनी प्रदेशको एमाले भन्छ– मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे जानकारी केहि छैन

मेगा खबर संवाददाता

७, भाद्र २०७८
  • 1.5K
    SHARES

  • लुम्बिनी प्रदेशको एमाले भन्छ– मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे जानकारी केहि छैन

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेको भएपनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले त्यसबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

    प्रदेशसभामा नेकपा एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरुलाई जानकारी नभएको बताए ।

    उनले प्रदेशसभाको निर्धारित बैठकमा आफूहरुले आफ्ना मागलाई प्रस्टसँग राखेको र माग पूरा नभए सदन चल्न नदिने अडान कायम रहेको पनि उल्लेख गरेका छन् ।

    आज सोमबार बस्ने तेस्रो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने कार्यसूची राखिए पनि आफूहरुलाई यसबारे जानकारी नभएको र बैठकमा नेकपा एमाले सहभागी नहुने उनले जानकारि दिए ।

    हामीलाई विश्वासको मतबारे जानकारी गराइएको समेत छैन, हामी बैठकमा सहभागी पनि हुँदैनौ,चौधरीले भनेका छन् ।

    सोमवार, भाद्र ७ २०७८०३:२८:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार