बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिरोले जिते गोल्डेन बुट : अन्तिम खेलमा रोनाल्डोले लिए बिश्राम

सिरोले जिते गोल्डेन बुट : अन्तिम खेलमा रोनाल्डोले लिए बिश्राम

मेगा खबर संवाददाता

१८, श्रावण २०७७
  • 3.3K
    SHARES

  • सिरोले जिते गोल्डेन बुट : अन्तिम खेलमा रोनाल्डोले लिए बिश्राम
    गएराती भएको इटालियन लिग सिरी ए को अन्तिम राउण्ड अन्तर्गतको खेलमा लाजियो ले नेपोलीको घरेलु मैदानमा हार ब्यहोरे पनि सिरो इमोबिलले भने आफ्नो गोल्डेन बुटको दावेदारी लाई अझ पक्का गरी लिगमा कुल ३६ गोल पुर्‍याएर सो उपाधी जितेका छन ।
     
    उनले जर्मन क्लबका रोवर्ट लेवण्डोस्की भन्दा २ गोल बढी र युभेन्टसका कृष्टियानो रोनाल्डोसँग ५ गोलको अन्तर बनाए । लेवण्डोस्की ३४ र रोनाल्डो ३१ गोलको साथमा क्रमश: दोस्रो र तेस्रो स्थानमा सीमित रहे ।
     
    रोनाल्डोलाई अन्तिम खेलमा टीमले आराम दिएसँगै इमोबिलको उपाधी पक्का भैसकेको थियो तर पनि खेलपछीको थप १ गोलले झनै फराकिलो अन्तर बनाउन सफल भएका हुन ।

    नेपोलीका फाबियान लुईस ले खेलको ९औं मिनेटमा लिएको अग्रता लाई २२औं मिनेटमा इमोबिलले बराबरी गरे पनि ५४ औं मिनेटमा लोरेञ्जो इन्साइनेले र एडिसनल टाईम अन्तर्गतको ९२औं मिनेटमा माटेओ पोलिटानोले गोल गरि नेपोली लाई ३-१ को जीत दिलाए ।

    यता कृष्टियानो रोनाल्डोले बिश्राम लिएको खेलमा युभेन्टसको घरेलु मैदानमा रोमाले पनि ३-१ जीत निकालेको छ । अघिल्लो राउण्डमै सिरी ए उपाधी जितिसकेको युभेन्टसले सो हार पश्चात् अंतिम राउण्डको खेलपछी ८३ अंकमा सीमित भए पनि इन्टर मिलानले एटलान्टा लाई हराउँदै ८२ अंक बटुल्दा दोस्रो स्थान मात्र पक्का गरेको छ ।

    आइतवार, श्रावण १८ २०७७०८:५२:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार