बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एनसेलले मोबाइल कनेक्टिभिटी र अनलाइन कक्षालाई ल्यायो नयाँ योजना

एनसेलले मोबाइल कनेक्टिभिटी र अनलाइन कक्षालाई ल्यायो नयाँ योजना

मेगा खबर संवाददाता

१७, श्रावण २०७७
  • 1.9K
    SHARES

  • एनसेलले मोबाइल कनेक्टिभिटी र अनलाइन कक्षालाई ल्यायो  नयाँ योजना

    साउन १७, काठमाडौं । एनसेलले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल र निजी तथा आवासीय विद्यालय संघसँगको सहकार्यमा अनलाइन कक्षा तथा सिकाइका लागि मासिक योजना ल्याएको छ । यो योजनामा विद्यार्थी तथा शिक्षक/शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा पाउँने छन् ।

    अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा यो योजना ल्याइएको एनसेलले जनाएको छ ।  

    विद्यार्थीले करबाहेक मासिक २ सय ५० रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जीबी डेटा, १ जीबी थ्रीजी, फोरजी डेटा, २ जीबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन् ।

    शनिवार, श्रावण १७ २०७७०७:२१:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार