बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बागमती प्रदेशसभा बैठक आज बस्दैँ

बागमती प्रदेशसभा बैठक आज बस्दैँ

मेगा खबर संवाददाता

१, भाद्र २०७८
  • 1.8K
    SHARES

  • बागमती प्रदेशसभा बैठक आज बस्दैँ

    बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछन् ।

    ३५ दिन देखि अनिश्चित रहेको बागमती प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । असार २८ गते  प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।  चालु आर्थिक वर्ष २०७८०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेका थिए ।

    प्रदेशसभा सचिवालयका अनुसार बागमती प्रदेशसभा बैठक लगातार २ दिनसम्म चल्ने कार्यसूची तयार भएको छ । प्रदेशसभा बैठक बस्नु अघि सोमबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभाको बैठकका लागि कार्यसूची तयार पारेको छ । 

    प्रदेशसभा बैठकको कार्यसूची अनुसार बैठकमा शून्य समय र विशेष समयको व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताएका छन् । प्रवक्ता अमात्यले कुराकानी गर्दै प्रदेशसभाको बैठकको सुरुवातमा यसअघि संसद्ले पारित गरेको विधेयकलाई प्रदेश प्रमुख कार्यालयबाट प्रमाणीकरण गरिएको ब्यहोराको पत्र वाचन गरिने छ भने त्यस लगत्तै बैठक शून्य समयमा प्रवेश हुने बताए । 

    प्रवक्ता अमात्यका अनुसार आजको बैठकमा प्रदेशसभा नियमावली संशोधन प्रस्ताव प्रस्तुत हुनेछ । प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेताहरूले प्रदेशसभा नियमावली संशोधनको प्रस्ताव संसद्मा पेस गर्नु अघि सर्वदलीय बैठक आह्वान गरी सहमति गरेर मात्र संसद्मा छलफल गर्नुपर्ने माग गरेका छन् ।

    भदौ २ गतेको बैठकको सुरुवातमा विशेष समयको व्यवस्था गरिएको प्रवक्ता अमात्यले बताए । विशेष समय पश्चात् बैठकमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले केही प्रदेश ऐन टेबुल गर्ने र उक्त ऐन माथि संसद्मा सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको अमात्यले जानकारि दिए । 

    मंगलवार, भाद्र १ २०७८१०:०१:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार