उनी आज ५१औं जन्मदिन सेलिब्रेसन गर्दैछन् । अभिनेता सैफअली खानको आज जन्मदिन परेको छ । जन्मदिन मनाउन उनी पत्नी करिनासहित सपरिवार माल्दिभ्स पुगेका छन् ।
अभिनेत्री करिनाले दुई नयाँ तस्बिर शेयर गर्दै सैफलाई जन्मदिनको शुभकामना दिएकी छन् । इन्स्टाग्राम मार्फत सार्वजनिक गरिएको तस्बिरमा पहिलो पटक पुरै फ्यामिली देखिएका छन् ।
दुई तस्बिर मध्ये एकमा करिनाले सैफको काँधमा हात राखेर पोज दिएकी छन् । जसमा उनीहरुको छोराहरु तैमुर र जहांगीर पनि देखिएका छन् । दोस्रो तस्बिरमा सैफ र करिना स्वीमिङ पुलमा रोमान्टिक अन्दाजमा प्रस्तुत भएका छन् । तस्बिरका साथ करिनाले क्याप्सनमा सैफलाई जन्मदिनको शुभकामना दिँदै हमेसा साथको चाहना रहेको बताएकी छन् ।
करिनाको पोष्टमा थुप्रै फ्यानले समेत शुभकामना दिएका छन् । कामको कुरो गर्ने हो भने करिना छिट्टै फिल्म ‘लाल सिंह चड्ढामा देखिँदैछन् । सैफको पनि आउँदो फिल्म ‘भुत पुलिस’ हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।