बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अमेरिकाद्धारा टिकटकमा प्रतिबन्ध , निर्माता कम्पनी बाइटडान्सका लागि ठूलो झड्का

अमेरिकाद्धारा टिकटकमा प्रतिबन्ध , निर्माता कम्पनी बाइटडान्सका लागि ठूलो झड्का

मेगा खबर संवाददाता

१७, श्रावण २०७७
  • 2.7K
    SHARES

  • अमेरिकाद्धारा टिकटकमा प्रतिबन्ध , निर्माता कम्पनी बाइटडान्सका लागि ठूलो झड्का

    १७ साउन,  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउने भएका छन् । उनले आज नै यो प्रतिबन्ध लगाउने नियममाथि आफूले हस्ताक्षर गर्न लागेको पत्रकारहरुलाई बताएका छन् । 

    ट्रम्पले फ्लोरिडाको यात्राबाट फर्किएपछि टिकटकलाई प्रतिबन्ध लगाउन शनिबार हस्ताक्षर गर्ने पत्रकारलाई बताएका छन् । यसका लागि आफूले आपत्कालीन आर्थिक अधिकार प्रयोग गर्न लागेको पनि उनले बताए । 

    यस्तो गर्दा टिकटक निर्माता कम्पनी बाइटडान्सका लागि एउटा ठूलो झड्का हुनसक्ने अनुमान गरिएको छ । टिकटकलाई यसअघि भारत सरकारले पनि प्रतिबन्ध लगाइसकेको छ ।

    अमेरिकी सुरक्षा अधिकारीहरुले यो एपका कारण व्यक्तिगत डाटा चोरी भएको हुनसक्ने भन्दै यसअघि बारम्बार चिन्ता व्यक्त गरेका थिए ।

    बाइटडान्सले सन् २०१७ मा टिकटक लन्च गरेको थियो । त्यसपछि उसले म्युजिकल्ली नामको एक भिडियो एप पनि खरिद गर्यो जुन अमेरिका र युरोपमा युवाहरुबीच निकै लोकप्रिय थियो ।

    शनिवार, श्रावण १७ २०७७११:१०:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार