१७ साउन, काठमाडौं । किशोरीको नाममा नक्कली फेसबुक आइडी बनार अश्लिल भिडियो सार्वजनिक गर्ने तनहुँ भानु नगरपालिकाका एक युवकलाई प्रहरीको साइवर ब्यूरोले पक्राउ गरेको छ।
तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया किशोरीको नाममा नक्कली फेसबुक आइडी बनाएर भिडियो पढाउने सविनराज मिश्रलाई पक्राउ गरिएको हो । सोही ठाउँका मिश्रले तिनै किशोरीको आफन्तलाई अश्लिल भिडियो पठाउने गरेका थिए।
सविनराज मिश्रले अश्लिल फोटो तथा सन्देश किशोरीकै दिदीलाई समेत पठाउने गरेको ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए।
मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेका थिए।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।