बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

श्रीलङ्काका खेलाडी तथा पूर्वकप्तान दिनेश चन्डिमलले भैरहवाबाट ईपीएल खेल्ने

श्रीलङ्काका खेलाडी तथा पूर्वकप्तान दिनेश चन्डिमलले भैरहवाबाट ईपीएल खेल्ने

मेगा खबर संवाददाता

२८, श्रावण २०७८
  • 1.9K
    SHARES

  • श्रीलङ्काका खेलाडी तथा पूर्वकप्तान दिनेश चन्डिमलले भैरहवाबाट ईपीएल खेल्ने

     श्रीलङ्काका खेलाडी तथा पूर्वकप्तान दिनेश चण्डीमलले भैरहवा ग्लाडियटर्सबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन् ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक पुबुदु दासानायकेलाई  प्रशिक्षकमा नियुक्त गरेको भैरहवाले श्रीलङ्काका ब्याट्सम्यान तथा विकेटकिपर दिनेश चण्डीमललाई अनुबन्ध गरिएको छ । चण्डीमल श्रीलङ्काको टी–ट्वान्टी टोलीको कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी छन् ।

    सन् २०१३ मा चण्डीमलले बङ्गलादेशसँग २३ वर्ष एक सय ३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलङ्काबाट टी–ट्वान्टीमा नेतृत्व गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । सन् २०१४ मा श्रीलङ्काले विश्व कप जित्दा पनि उनी टोलीका सदस्य थिए  ।

    भैरहवामा यसअघि झैँ शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहितकुमार पौडेल, हरिशंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शुदत्त स्वदेशी खेलाडीका रूपमा निरन्तर रहेका छन् ।

     

    बिहिवार, श्रावण २८ २०७८०६:४७:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार