बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धु सूपुत्र सुफिक्स मदनले संगीत गरेको लोकगीत “ओइ गनगन” सामाजिक सञ्जालमा भाइरल

सिन्धु सूपुत्र सुफिक्स मदनले संगीत गरेको लोकगीत “ओइ गनगन” सामाजिक सञ्जालमा भाइरल

मेगा खबर संवाददाता

१६, श्रावण २०७७
  • 11.1K
    SHARES

  • सिन्धु सूपुत्र सुफिक्स मदनले संगीत गरेको लोकगीत “ओइ गनगन” सामाजिक सञ्जालमा  भाइरल
    सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालीका वडा नम्बर – १ जलविरेमा जन्मिएका सुफिक्स मदन उदयमान गायक तथा शब्द संकलक एवम् संगीतकार हुन ।
     
     सुफिक्स मदनले संगीत गरेको काठे लोकगीत “ओइ गनगन” हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनीले संगीत तथा एरेन्ज गरेको गीत ७/८ दिनमा लगभग ४ लाख ३० हजार जनाले यूट्यूवमा दर्शकविनहरुले हेरीसकेका छन् भने टिक टकमा टेन्डिङ नम्बर एकमा रहेको छ उक्त्त गीत हाल भाइरल भइरहेको छ ।
     
    अहिले पछिल्लो समयमा काठे लोक दोहोरी गीतमा सबैलाई मन पर्ने गीतको रुपमा रहेको छ।ओइ गनगन गीतको शब्द रचना सानू के.सीले गरेका छन् । हाल सुफिक्स मदन को गोङ्गबु स्थित एम एफ रेकर्डिङ् स्टुडियोमा हाल व्यवस्थापन हेर्दै त्यहाँको म्युजिक एरेन्जर र रेकर्डिस्टको कार्य पनि गर्दै आइरहेका छन् । “यसै क्रममा ओइ गनगन गीतका गायक सङ्गम थापा आफ्ना अघिल्ला प्रोजेक्ट हरु लिएर आइरहनुहुन्थ्यो । उहाँ आफैमा एक कुशल संगीतकार लेखक र गायक पनि हुनुहुन्थ्यो ।
     
    मैले गर्ने कामको प्रशंसक पनि हुनुहुन्थ्यो। एक दिन उहाँले जुन अहिले हिट भएको ओइ गनगन गीत मा भैरहेका शब्दहरु सुनाउदै मलाइ सङ्गीत भर्न र सङ्गीत संयोजन गर्न को लागि आव्हान गर्नु भयो । शब्दहरु सबै मार्मिक थिए र मैले सङ्गीत भर्ने निर्णय गरे । हाल गीतलाई उत्कृष्ट पार्नको निमित्त सङ्गीत संयोजन नारायण दङ्गाल र गायन मा संगम थापा र गायिका प्रतिमा अर्यालले गाउनुभएको गीतमा शब्दहरु आफैमा मार्मिक थियो र संगीत भरेपश्चात् उत्कृष्ट गीत बन्न सफल भएको” सुफिक्स मदनले बताए ।
     
    शब्दहरु मार्मिक तथा हरेक शव्दहरु श्रोताविन तथा दर्शकबिनहरुको जनजिब्रोमा झुण्डिएको छ । ती शब्दहरुलाइ मैले सङ्गीत मा ढाले र नारायण दङ्गाल दाइले सङ्गीत संयोजन गरेपश्चात गीतको म्यूजिक भिडियो मिलन फिल्मस् मार्फत विमोचन हुने र दर्शकहरुले ओइ गनगन गीत तथा श्रीजना कतिको मन पराउनु हुन्छ भनेर लिप्सीङ भिडियो तथा यो श्रीजना कसैले पानि डुप्लिकेट नगरोस् भन्ने हेतुले यूट्यूवमा मिलन फिल्मस् मार्फत अपलोड गरिएको र हाल सोचेभन्दा राम्रो उपलब्धि भएको भनेर मेगा खवरलाइ सुफिक्स मदनले बताए।
     
    उनीले धेरै एल्बमहरुमा आफ्नो सुमधुर स्वर एवम् शब्द लेखन तथा संगीत भरेका छन् । " मेरो को छर " एल्बममा शब्द संगीत, रहेको छ भने " परेवाको जोडी", "छमछमी नाचेर" मा शब्द संगीत चर्चित गीत "जलविरे ढाडेमा" शब्द संगीत र स्वर भरेका छन् भने विभिन्न गीतहरुमा मोडल पनि गरेका छन् ।सुफिक्स मदनले लोक संस्कृती झल्कने असारे गीती एल्बम " छ भने " केहि समय अगाडि जेसिका इन्टरमेन्टबाट यूट्यूव बाट सार्वजनिक गरेका थिए । उक्त एल्बममा " छ भने" एल्बममा शब्द संगम थापाको र शब्द सुफिक्स मदन संगीत स्वयम् मदन सुफिक्सको रहेको थियो ।
     
    संगीत संयोजन नारायण दङ्गालको रहेको थियो । यसको साथै "बनकालीमा सुनको गजुर" जस्तो एल्बम बजार ल्याएका छन् । उनीले “ओइ गनगन” गीतको बारेमा पहिलो अन्तवार्ता तथा जानकारी मेगाखबरलाई दिएको बताउदै सिन्धुवासीको हैसियतले धन्यवाद दिएका छन्।

    शुक्रवार, श्रावण १६ २०७७०७:०७:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार