बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिटीइभिटीमा अनेरास्ववियुको ७ बुँदे ज्ञापनपत्र

सिटीइभिटीमा अनेरास्ववियुको ७ बुँदे ज्ञापनपत्र

मेगा खबर संवाददाता

१५, श्रावण २०७७
  • 2.3K
    SHARES

  • सिटीइभिटीमा  अनेरास्ववियुको ७ बुँदे ज्ञापनपत्र

    १५ साउन ।कोभिड १९ का कारण संचालन हुन नसकेका परीक्षाहरु स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी संचालन गर्नुपर्ने, आगामी शैक्षिक सत्रका लागी अविलम्ब भर्ना प्रकृया सुरु गर्नुपर्ने लगायतका मागसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन( अनेरास्ववियु) ले बिभिन्न ७ बुँदे माग राख्दै प्रविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद(सिटीइभिटी)मा ज्ञापनपत्र बुझाएको छ ।

    कोभिड १९ का कारण सिर्जित समस्या र अन्य बिभिन्न समस्याहरुको यथासक्य हल गर्न दवाव स्वरुप अनेरास्ववियु सिटीईभिटी राष्ट्रिय कमिटीले आज ज्ञापन पत्र बुझाएको हो ।


    बर्तमान परिस्थितीमा  सिर्जित समस्या र अन्य यावत समस्याबारे हाम्रो ध्यानाकर्षण भएको र बिधि पद्धती र बिद्यार्थीको हकहित लगायतका  सम्पुर्ण परीक्षाका परीक्षाफल प्रकाशन गर्नुपर्ने, अनेरास्ववियु सिटीईभिटी राष्ट्रिय कमिटीका अध्यक्ष उमेश थापाले बताउनुभयो ।

     बर्गीकृत छात्रावृति निष्पक्ष र बैज्ञानिक ढंगबाट अघि बढाउन पनि उनीहरुले माग गरेका छन् । नवनियुक्त उपाध्यक्षलाई बधाईसहित विना पुर्वाग्रह निष्पक्ष भएर काम गर्न पनि उनीहरुले आग्रह गरेका छन् । ज्ञापनपत्र पेश गर्न अनेरास्ववियु केन्द्रिय सदस्य आकाश घर्तीमगर, दीपक धामी लगायत विद्यार्थी नेताहरु सानोठीमीस्थित परिषदको कार्यालय पुगेका थिए ।

    बिहिवार, श्रावण १५ २०७७०८:४३:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार